अस्पतालहरुले चर्को शुल्क असुल्न थालेको जनगुनासोपछि सरकार ‘एक्सन’मा

काठमाडौं । कोभिड–१९ संक्रमितको उपचारको नाममा केही स्वास्थ्य संस्थाले अनावश्यक रुपमा अत्यधिक शुल्क असुल्ने गरेको जनगुनासो पछि सरकारले अस्पतालहरुलाई कडाई गर्न थालेको छ ।
सरकारले कोभिड संक्रमितको उपचार गर्दै आएका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई सात दिनभित्र सम्बन्धित अस्पतालबाट प्रवाह हुने सेवाको प्रकार, सोको लागत रकम, शीर्षकसमेत उल्लेख भएको मूल्यसूची र सञ्चालक समितिको आधिकारिक निर्णय आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ ।
अस्पतालहरुले अक्सिजनको शुल्क लिने, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक भार बढाउने, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको बन्दोबस्त गर्न बिरामी आफैलाई लगाउने, आवश्यकता भन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न लगाउने गरेको गुनासो आएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार ‘हेलो सरकार’ तथा विभिन्न सञ्चारमाध्यममा सर्वसाधारणले अस्पतालहरुमा चर्को शुल्क असुल गर्न थालिएको गुनासो गरेपछि सरकारले यस्तो कदम चालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय सम्झौतामा नपरेपछि क्लासेनको अन्तर्राष्ट्रिय खेलजीवन अन्योलमा
-
एक घण्टा ढिलो गरी प्रधानमन्त्री ओली जकनपुरमा ‘ल्यान्ड’, प्रदेशसभामा सुरक्षा व्यवस्था कडा
-
दक्षिण कोरियामा राष्ट्रपति चुनावको घोषणा
-
ट्रम्प ट्यारिफले तेलको भाउ घट्यो, पुटिनमाथि बढ्यो दबाब
-
लागुऔषध ट्रामाडोलसहित नागढुंगाबाट एकजना पक्राउ
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापनाको ३२ वर्षपछि आफ्नै भवनमा