शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको मोबाइल बैकिङ्ग एपमा अब रेमिट्यान्स सेवा पनि

मङ्गलबार, १८ जेठ २०७८, १८ : ३४
मङ्गलबार, १८ जेठ २०७८

काठमाडौं । सानिमा बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैकिङ्ग एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जस अन्तर्गत सानिमा एक्सप्रेस(रेमिट्यान्स सेवा) मोबाइल बैकिङ्ग एपमा थप गरिएको बैंकले जनाएको छ । 

यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैकिङ्ग एपबाट पठाउन सक्ने पनि बैंकले जनाएको छ । रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको ‘सेन्ट रेमिट्यान्स’मार्फत् सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न सकिनेछ । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । 

यसका साथै मोबाइल बैकिङ्ग एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरू मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप