शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा प्रदेशमा ह्वात्तै घट्यो कोरोना संक्रमण, २४ घण्टामा थपिए ४७३ संक्रमित

मङ्गलबार, १८ जेठ २०७८, १८ : ३३
मङ्गलबार, १८ जेठ २०७८

गण्डकी प्रदेशमा थप ४७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको नमूना परिक्षणमा ४७३ जनामा कारोना संक्रमण देखिएको हो । सोमबार प्रदेशमा कोरोना संक्रमितको संख्या बढेर ८४० पुगेकामा मंगलबार थप ३६७ जना संक्रमित घटेर जम्मा ४७३ मात्र संक्रमित थपिएका छन् । 

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा गरिएको नमुना परीक्षण २४२ पुरुष र २३१ जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा २०१, म्याग्दी १२, स्याङ्जा ३५, बाग्लुङ ३०, पर्वत ६२, तनहुँ २१, गोरखा ८, लमजुङ ४१ र नवलपुरमा ६३ जनामा संक्रमण देखिएको हो ।  

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२ हजार ९९७ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ६८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३१ हजार ८७९ पुगेको छ ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप