बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

मङ्गलबार, १८ जेठ २०७८, १८ : २०
मङ्गलबार, १८ जेठ २०७८

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १६ जनाको मृत्यु भएको हो ।  गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार कास्कीमा ४, तनहुँ २, नवलपरासी पूर्व ४,पर्वत १, म्याग्दी १,स्याङजा ३, र बागलुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  पोखरा–५ की ७२ वर्षीय महिला, पोखरा–१३ का ४८ वर्षीय पुरुष, कास्कीका माछापुच्छ्रे–२ का ६३ वर्षीय पुरुष, रुपन्देही तिलत्तोमा–१७ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । 

त्यसैगरी नवलपरासी पूर्व,कावासोती–२ का ३८ वर्षीय पुरुष, गैडाकोट–१२ की ६८ वर्षीय महिला, बिनयत्रिवेणी –२ का ८० वर्षीय पुरुष, विनयत्रिवेणी–६ का ७३ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी–७ की ७५ वर्षीय महिला र शुक्लागण्डकी–७ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । 

त्यसैगरी पर्वतको कुश्मा नगरपालिका –४ का ७० बर्षिय पुरुष,स्याङजा अर्जुन चौपारी–५ का ८६ बर्षिय पुरुष,गल्याङ–८ का ५२ वर्षीय पुरुष र स्याङजाको कालीगण्डकी –७ की ५२ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै बागलुङको बागलुङ–४ की ४२ वर्षीय महिला र म्याग्दीको अन्नपूर्ण –२ का ८२ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।  योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप