विवेकशील साझाका पूर्वअध्यक्ष थापाको निधनको अस्पतालद्वारा औपचारिक पुष्टि (विज्ञप्तिसहित)
मङ्गलबार, १८ जेठ २०७८, १७ : ४१

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको अस्पतालले औपचारिक रुपमा पुष्टि गरेको छ। मेडिसिटी अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उनको ४ बजेर २५ मिनेटमा निधन भएको उल्लेख गरिएको छ ।
कोरोनाका कारण स्वास्थ्यमा समस्या आएपछि उनको जेठ १४ देखि अस्पतालको भेन्टिलेटर तथा इक्मो अत्याधुनिक उपकरणबाट उपचार हुँदै आएको थियो । उनको जेठ १७ गते कोरोना रिपोर्ट नेगेटिभ आएपनि शरीरका अंगहरूले प्रभावकारी रुपमा काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको अस्पतालका प्रवक्ता तथा मेडिकल सुपरिटेन्डेन्ट डा राज राणा र मुटु शल्य चिकित्सक डा विजय राजवंशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
-
शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त