काठमाडौं महानगरपालिकाद्वारा २ अस्पताललाई भेन्टीलेटर सहयोग
काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आइसियु भेन्टिलेटर सहयोग गरेको छ । महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड–१९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई/दुई थान आइसियु भेन्टीलेटर प्रदान गरेको हो ।
आइसियु भेन्टीलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रुपमा सेवा पाउन सकुन् भनेर सहयोग गरिएको बताए । उनले महानगरपालिकाले कोभिड – १९ संक्रमितको उपचारका लागि काठमाडौं जिल्ला भित्रका अस्पताललाई ४२ वटा र भक्तपुर ठिमीमा ३ वटा गरी ४५ वटा भेन्टीलेटर उपलब्ध गराउने सम्झौता गरी काम अगाडि बढाइरहेको पनि जानकारी दिए ।
काठमाडौं नगरपालिकाले विभिन्न ठाउँका आइसोलेसन सेन्टरहरूलाई पनि सहयोग प्रदान गर्दै आएको उनले बताए । कोभिड – १९ संक्रमितहरुका महानगरले काम गरिरहेको उल्लेख गर्दै उनले संक्रमण भए आइसोलेसन सेन्टर र अस्पतालमा आइ उपचार गराउन समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू
-
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल
-
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली