हुम्लामा कोरोना सङ्क्रमितलाई औषधि अभाव

कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ । अस्पतालमा नयाँ खरिद गरेर आउनुपर्ने औषधि नआएपछि औषधि अभाव भएको हो । सोमबार मात्र एन्टिजेन किटबाट कोरोना परीक्षण गरी कोरोना पुष्टि भएका एक जना बिरामीका आफन्त दिनेश बोहराले अस्पतालमा औषधि नपाएको गुनासो गरे ।
कोरोना सङ्क्रमण भएपछि बिरामीका लागि आवश्यक पर्ने औषधि बाहिरको निजी फार्मेसीबाट एक हजार दुई सयमा किनेर लिएर काम चलाएको उनले बताए । सोमबार अस्पतालमा कोरोना परीक्षण गरेर पुष्टि भएका अन्य तीन जनाको अवस्था पनि उस्तै छ । चेकजाँच पछि चिकित्सकले औषधिको सिफारिस गर्ने तर अस्पतालमा सो औषधि नपाएर बजारमा रहेका निजी मेडिकलबाट किन्नुपर्ने अवस्था रहेको उनले बताए ।
कोरोना पुष्टि भएपछि चिकित्सकले औषधिको सिफारिस गरेको तर नपाएर बाहिर महँगोमा किन्नुपरेको छ । कोरोनाविरुद्ध प्रयोग हुने सबै औषधि सकिएको अस्पतालका एक जना स्वास्थ्यकर्मीले बताइन् । उता जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बजारमा फैलिएको हल्लाजस्तो नभएको तर आइसोलेशनमा बसी रहेका कोरोना सङ्क्रमित बिरामीका लागि केही औषधि अभाव भएको अन्य सबै औषधि पर्याप्त रहेको दाबी गरे ।
“पुरानो केही औषधि सकिएको छ”, उनले भने, “नयाँ खरिद गरेको औषधि नेपालगञ्जमा आइपुगेकाले अबको दुई,चार दिनमा जिल्ला अस्पतालमा अभाव भएको औषधिको पनि पूर्ति हुनेछ ।” आठ लाखको औषधि खरिदका लागि सप्लायर्स पनि छनोट भएर सम्झौता भइसकेकाले अब चाँडै औषधि जिल्लामा आइपुग्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा