मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

भैरहवामा कोभिड आइसोलेशन सेन्टर सञ्चालनमा

मङ्गलबार, १८ जेठ २०७८, १६ : ४७
मङ्गलबार, १८ जेठ २०७८


सेवा इन्टरनेशनल नेपाल र हिन्दु स्वयंसेवक संघ नेपालले भैरहवास्थित केशवधाममा १५ श्ययाको कोभिड आइसोलेशन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । हिन्दु स्वयंसेवक संघ नेपालको सिद्धार्थनगर–१३ सेवापथस्थित नवनिर्मित कार्यालय भवनमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको संघका विभाग कार्यवाह रविकान्त उपाध्यायले बताए ।

आइसोलेशन सेन्टरको मंगलबार लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गर्दै  विषम परिस्थितिमा हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलले आइसोलेशन सेन्टर निर्माण गरी भीम अस्पताललाई हस्तान्तरण गर्नु उदाहरणीय कार्य रहेको बताए । उनले भीम अस्पतालले विगतको तुलनामा धेरै कोरोना संक्रमित बिरामीहरुको उपचार गरेर निको पार्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेको बताए ।

भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालहरुमा बेडको अभाव भएको बेला सेवा इन्टरनेशनल र हिन्दु स्वयंसेवक संघले आइसोलेशन सेन्टर बनाउनु पुण्य काम भएको बताए ।

समाजसेवी अजय कुमार गुप्ताले राज्यले सोचे अनुरुप बिरामीको उपचार तथा व्यवस्थापन गर्न नसकेको बेला गैरनाफामूलक संस्थाले १५ शैयाको आइसोलेशन सेन्टर बनाउनु स्वागतयोग्य कार्य भएको बताए ।

कोभिड आइसोलेशन सेन्टर निर्माण समितिका संयोजक उमाशंकर पाठकले अक्सिजन कन्सन्ट्रेटर आउन केही ढिलाइ भएकोले आइसोलेशन सेन्टर सञ्चालनमा पनि थोरै ढिलाइ हुन पुगेको बताए । उनले समाज र देशको लागि केही काम गर्नुपर्छ भन्ने उद्देश्यले आइसोलेशनमार्फत कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार

१५ श्यया मध्ये १० वटा बेड अक्सिजन कन्सन्ट्रेटर र ५ वटा सामान्य अवस्थाका बिरामीका लागि बिना अक्सिजन आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको बताए ।

आइसोलेशन सेन्टर भीम अस्पतालको मातहतमा सञ्चालन हुने गरी मंगलबार अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई हस्तान्तरण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप