सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

पेरुले सच्यायो कोरोनाबाट ज्यान गुमाउनेको संख्या, दोब्बरले वृद्धि

मङ्गलबार, १८ जेठ २०७८, १६ : ४२
मङ्गलबार, १८ जेठ २०७८

पेरुले आफ्नो देशमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सच्याएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार आँकडा सच्याए सँगै पेरुमा जनसंख्याको आधारमा सबैभन्दा धेरै कोरोना मृत्युदर भएको देश बनेको छ ।

 ३ करोड ३० लाख जनसंख्या भएको देश पेरुले सुरुमा ६९,३४२ जनाको कोरोनाका कारण ज्यान गुमेको बताएको थियो । संसोधनपश्चात् यहाँ मृतकको संख्या १ लाख ८० हजार पुगेको छ । पेरुमा कोरोनाको कारण प्रति एक लाख मानिसमा पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।

प्रधानमन्त्री भायोलेटा बर्मुडेजले पेरुभियन र अन्तरराष्ट्रिय विज्ञको सल्लाहमा संख्या वृद्धि गरिएको जानकारी दिइन् ।

यसअघि पेरुमा अन्य अवस्थामा मृत्यु हुने र कोरोनाकालमा भएको मृत्युको संख्यामा ठूलो अन्तर पाइएको थियो ।

‘मानिसहरुलाई पछिल्लो जानकारीबाट सुशुचित गराउनु हाम्रो दायित्व हो जस्तो लाग्छ,’ बर्मुडेजले भनिन् ।

पेरु ल्याटिन अमेरिकाको सबैभन्दा प्रभावित देशमध्येको एक हो । कोरोना महामारीका कारण पेरुमा स्वास्थ्य संस्था पूरै धरासयी भएको थियो भने अक्सिजनको अभाव पनि चुलिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप