आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरीमा ३ सय बेडको कोभिड अस्पताल सञ्चालन हुने

मङ्गलबार, १८ जेठ २०७८, १६ : ३१
मङ्गलबार, १८ जेठ २०७८


काठमाडौंको चन्द्रागिरी नगरपालिका वाड नं –१ स्थित दहचोकमा तीन सय ३४ बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ । स्वयम्भूस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालको चन्द्रागिरि १ दहचोकमा नव निर्मित मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ हस्पिटलको भवनलाई सरकारले कोरोना विशेष अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य समेत थालेको हो ।

मंगलबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अस्पतालमा भवनको निरीक्षण गर्दै कोभिड अस्पतालका लागि आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउने प्रतिबद्धता जनाएका छन् । 
भ्रमणको क्रममा स्वास्थ्यमन्त्री त्रिपाठीले भवनमा कोरोना संक्रमितको उपचारका लागि अस्पताल सञ्चालनका लागि पूर्वाधारको बिकास गर्ने बताए । उनले अस्पतालका लागि अक्सिजन प्लान्ट नै राखिने जानकारी दिदै देशभरका ३८ जिल्ला अस्पतालमा समेत अक्सिजन प्लान्ट राख्न बजेट पठाइसकिएको बताए । 

‘अस्पताल सञ्चालनका लागि हाई डिपेन्डेन्सी युनिट र आईसीयुका लागि आवश्यक प्रवन्ध गर्न म निर्देशन दिन्छु’ मन्त्री त्रिपाठीले भने ।

त्यस्तै शिक्षामन्त्री श्रेष्ठले अस्पतालमा माग अनुसार आईसीयू सहितको बेड तथा भेन्टिलेटरको पनि राखिने जानकारी दिए । अस्पताल सञ्चालनका लागि सबै आवश्यक पूर्वाधारको व्यवस्थाको लागि पहल गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।
सरकारले सबै सामग्री उपलव्ध गराए एक साता भित्रै अस्पताल सञ्चालनमा ल्याउन सकिने मनमोहन मेमोरियल शिक्षण अस्पतालका कार्यकारी निर्देशन डा. धर्म दत्त सुवेदीले बताए । चन्द्रागिरि १ का वडा अध्यक्ष राजेन्द्र केसीले अस्पताल सञ्चालनले महामारीको युद्धमा ठुलो टेवा पुग्ने बिश्वास ब्यक्त गरे । 

चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता हरिभक्त महर्जनले अस्पतालका लागि आवश्यक पुर्वाधार र जनशक्ति सरकारले छिटो भन्दा छिटो उपलव्ध गराएर आम नागरिकलाई सहज र सुलभ रुपमा अस्पतालबाट उपचार हुने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप