डोटीमा कोरोनासँगै भाइरल ज्वरो
कोरोना सङ्क्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला यहाँका स्थानीय तहमा भाइरल ज्वरोको जोखिम बढेको छ । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पूर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेको छ । गाउँमा भाइरल ज्वरोले नागरिक थला पर्न थालेपछि खेती किसानीको काम प्रभावित भएको छ । यहाँका गाउँका स्वास्थ्य संस्थामा सामान्य तय ज्वरोको औषधिसमेत नभएका कारण झनै समस्या भएको पीडितको गुनासो छ ।
यहाँका गाउँघरमा पछिल्लो समयभाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको शिखर नगरपालिका–१ समुहगाढका खडकबहादुर बोगटीले बताए । उनले भने, “कोरोना सङ्क्रमणसँगै यहाँका गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन्, यहाँका प्रत्येक गाउँगाउँमा भाइरल ज्वरोका बिरामी नपरेका घर पाउन मुश्किल छ ।” टाउको दुख्ने, ज्वरो आउने, कम्मर दुख्ने लगायत लक्षणसहितका बिरामी प्रायः दैनिक अस्पतालमा उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए ।
गाउँमा दिनहुँ भाइरल ज्वरोका बिरामी थला पर्न थालेपछि समस्या उत्पन्न भएको दिपायल सिलगढी नगरपालिका–२ की पार्वती कठायतले बताइन् । उनले भनिन्, “भाइरल ज्वरोले दिनहुँ मानिस बिरामी पर्दैछन्, हामीलाई कोरोनाभन्दा पनि भाइरल ज्वरोले सताएको छ ।” उनका अनुसार भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचार गर्ने ठाउँ नभएका कारण पनि समस्या हुँदै आएको छ । जोरायल गाउँपालिकाका स्वास्थ स्वास्थ्य संयोजक गोविन्द विष्टका अनुसार भाइरल ज्वरोका दैनिक बिरामी स्वास्थ्य संस्था आउन थालेका छन्, सामान्य ज्वरोको औषधि दिएर र जाँच गर्दा निको भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान