शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीलाई विनोद चौधरीको प्रश्न, बजेट कार्यान्वयनमा विगतकै नियति दोहरिँदैन भन्ने आधार के ?

मङ्गलबार, १८ जेठ २०७८, १४ : २८
मङ्गलबार, १८ जेठ २०७८

काठमाडौं । उद्योगी विनोद चौधरीले बजेट सार्वजनिक भएसँगै बजेट कार्यान्वयनमा विगत कै नियति दोहरिने शंका व्यक्त गरेका छन् । अर्थमन्त्री विष्णु पौडेललाई प्रश्न गर्दै उद्योगी चौधरीले बजेट कार्यान्वयनमा विगतकै नियति दोहरिँदैन भन्ने आधार के ? भन्दै प्रश्न गरेका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष र नेपाल उद्योग परिसंघको संस्थापक अध्यक्षसमेत रहि सकेका चौधरीले विगतका कमजोरीहरूलाई समुचित समाधान गरी प्राथमिकता चयन गर्नुपर्ने बताएका छन् ।

गत बर्ष र अहिले पनि कोभिडबाट थलिएको अर्थतन्त्रलाई पुनर्जागृत गर्न बजेट र मौद्रिक नीतिले आपूर्ति व्यवस्थातर्फ मात्र ध्यान दिएकाले माग सृजना नगरि आपूर्तिमा मात्रै ध्यान दिएर अर्थतन्त्रलाई पुनर्जागृत गर्न नसकिने चौधरीले बताए । 

रोजगारी गुमाउनु पर्दा एउटा बर्गको पकेट खाली भएको अहिलेको अवस्थामा यो बर्गलाई प्रत्यक्ष राहत पु¥याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले नगद उपलब्ध गराउनुपर्ने माग विगत देखिनै गरेपनि सरकारले ध्यान नदिएको उनको भनाइ छ । क्रयशक्ति विनाको आपूर्ति अगाडि बढ्न नसक्ने भन्दै उनले सप्लाई चेनको श्रृंखलाहरु गतिशिल बनाउने तर्फ बजेटले ध्यान नदिएको बताए । 

निजी क्षेत्रको लगानी, उत्पादन, मूल्य श्रृंखला विकास, आपूर्ति श्रृंखलाको सुनिश्चितता, रोजगारी सिर्जनाका लागि अर्थतन्त्रको कार्यकुशलता वृद्धि गर्न जरुरी रहेको पनि उनले बताए । 

एकातिर व्यवसाय सञ्चालन नभएपछि भाडा, कर, विद्युत्, श्रमिकको व्ययभार, बैंकको ब्याजबाट थिचिएका ठूला परियोजनादेखि साना र मझौला उद्यमीहरूलाई यो अवस्थाबाट माथि उठ्ने चिन्ता छ भने अर्कोतिर त्योभन्दा ठूलो बज्रपात दैनिक ज्यालादारी गर्ने श्रमिक वर्गमाथि परेको छ । जोखिममा रहेको त्यो वर्गलाई संरक्षण प्रदान गर्नु राज्यको कर्तव्य भएको उनले बताए ।

आगामी आर्थिक बर्षको बजेट कार्यान्वयनमा विगतकै नियति दोहोरिने छैन भन्ने विश्वास गर्ने आधार के छन् ? भनी चौधरीले अर्थमन्त्री पौडेललाई प्रश्न गरेका छन् । बजेट कार्यान्वयनको पुरानै प्रक्रिया कायम रहेसम्म यो बजेटको नियति पनि विगतकै जस्तो हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप