संवैधानिक इजलासबाट न्यायाधीश केसी र श्रेष्ठद्वारा अलग हुन अस्वीकार
मङ्गलबार, १८ जेठ २०७८, १३ : ३६
संवैधानिक इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले अलग हुन अस्वीकार गरेका छन् । केही वकीलहरुले उनीहरु इजलासबाट अलग हुनुपर्ने अडान लिँदै आएको बेला उनीहरुले इजलासमा अलग नहुने राय दिएका हुन् ।
यही विषयमा मंगलबार इजलासमा छलफल हुँदा न्यायाधीश श्रेष्ठ र केसीले आफूहरुले इजलासबाट अलग हुनुपर्ने कारण नदेखेको बताए । ‘नेकपा विभाजनको पुनरावलोकन निस्सा नदिने मुद्दा र यो मुद्दामा सम्बन्ध देखिँदैन । मैले अलग हुनुपर्ने आधार र कारण देखिँन । अलग हुनुपर्ने आर्थिक कारण पनि छैन’, केसीको भनाइ थियो ।
बमकुमारले भने नाम सम्बन्धी विवादको मुद्दा र यो फरक विषय भएकाले इजलास नछाड्ने बताए । उनले भने, ‘यो मुद्दासँग नेकपाको नामसम्बन्धी मुद्दाको सरोकार रहँदैन । मुलुकी देवानी संहिता अनुसार यस इजलासबाट बाहिर हुन्न’, उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने
-
पोखरामा पर्यटकहरूको झोला तान्दै दुःख दिने पाँच जना पक्राउ
-
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
-
मेटगालाको रेडकार्पेटमा आलियादेखि ईशा अम्बानीसम्म, तस्बिरहरू
-
रुसी सेनामा आबद्ध नेपालीका परिवारलाई प्रधानमन्त्रीले भने, ‘म आफै थप पहल गर्छु’
-
तातो हावा ‘लू’ले नेपालगञ्जको जनजीवन कष्टकर