निःशुल्क भेरोसेल खोप ओसार्दै हिमालय एयरलाइन्स
![निःशुल्क भेरोसेल खोप ओसार्दै हिमालय एयरलाइन्स](https://rpcdn.ratopati.com/media/albums/Himalaya-Airlines_Cargo_4_dreA9S2pDZ.jpg)
काठमाडौं । कोभिड–१९ संक्रमणको दोस्रो लहरको महामारीका बीच हिमालय एअरलाइन्सले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिव्वत सरकारद्वारा नेपाललाई अनुदान सहयोग स्वरुप प्राप्त २ लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवद्धता अनुरुप हिमालय एअरलाइन्सको ३१९–११५ ९एन–एजेके एयरबसले यहि जेठ १८ र १९ गते गरी तिव्वतको कुनमिङ्ग शहरमा ४ पटक उडान गरी ती खोपहरू ढुवानी गर्ने एयरलाइन्सले जनाएको छ । हिमालयका ती उडानहरूले भेरोसेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम् १०५ वटा खोपका बाकसहरु बोक्ने पनि कम्पनीले जनाएको छ ।
निःशुल्क उडानहरु मध्येका पहिलो कार्गो उडान काठमाडौंबाट हिजो साँझ २०ः२८ बजे कुनमिङ्ग तर्फ उडी आज बिहान ०६ः२८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ती निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले अमेरिकी डलर १ लाख ९२ हजार अर्थात् नेपाली रुपैंयाँ करिब २ करोड २५ लाख बराबरको आर्थिक योगदान पु¥याउने कम्पनीले जनाएको छ ।
हिमालय एअरलाइन्सको अध्यक्ष झो एन्योङ्गले कोभिड–१९ महामारी विरुद्ध लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पु¥याउन हिमालय एयरलाइन्स तथा सम्वद्ध समूहका लागि यो एक ऐतिहासिक क्षण भएको बताए । राष्ट्रिय संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु वास्तवमै गौरवको विषय भएको बताए ।
हिमालयले आफ्ना यात्रुवाहक तथा कार्गो वाहक उडानहरु अत्यन्तै उच्च तह को उडान सुरक्षा मापदण्ड पालन गरि सञ्चालन गर्दछ । कोभिड–१९ खोपको सुरक्षित पारवहनका लागि हिमालय एअरलाइन्सको व्यवस्थापनले सुरक्षित हवाई कार्गो परिवहनका पालना गरिनुपर्ने सबै आवश्यक मापदण्डहरु पूरा गरेको छ । परिवहन गरिने खोपको सुरक्षाका लागि एअरलाइन्सले अत्यन्तै सुव्यवस्थित लोडिङ्ग र ओसार–प्रसारका विधिहरु समेत अवलम्वन गरेको छ ।
कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोभिड–१९ संक्रमणको दोस्रो महामारीको समयमा हिमालयले राष्ट्र सेवामा पु¥याएको सानो, तर महत्वपूर्ण योगदान भएको बताए । विपद्का वखतमा हिमालय जहिले पनि नेपाली जनता र सरकारका साथ रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात