बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

एमाले बैठक सुरु हुन ढिलाइ

मङ्गलबार, १८ जेठ २०७८, १२ : २१
मङ्गलबार, १८ जेठ २०७८

सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुन ढिलाइ भएको छ । बैठक ११ बजे बस्ने भनेपनि सुरु हुन ढिलाइ भएको हो ।  नेता सुवास नेम्वाङले बैठक अबको केहीबेरमा सुरु हुने बताए । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् । 

एमाले विवाद मिलाउन नेताहरुबीच छलफल चलिरहेकाले आजको बैठकमा यसअघि स्पष्टिकरण सोधिएका नेताहरुको कारवाहीबारे कुनै निर्णय नहुने नेता नेम्वाङले जानकारी दिए ।

यसअघि बैठक सुरु भएको भनि समाचार सम्प्रेषित भएकामा क्षमायाचनासहित भुल सुधार गरिएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप