‘ये रिश्ता’ बाट चर्चा कमाएका अभिनेता करण मेहरा पक्राउ
‘ये रिश्ता क्या कहलाता है’ मा नैतिक सिंघानियाको भूमिका निभाएर चर्चित भएका अभिनेता करण मेहरालाई प्रहरीले सोमबार राती पक्राउ गरेको छ । करणकी श्रीमती तथा नायिका निशा रावलले विवादपछि गोरेगांव एरियामा करणविरुद्ध ऊजुरी दर्ता गरेकी छिन् । मुम्बई प्रहरीका अनुसार मुद्दा दर्ता भएको छ ।
समाचार एजेन्सी एएनआईले ट्वीट गरेर यसको जानकारी दिएको हो ।
वैवाहिक जीवन खटपट भएको बारे आएको थियो खबरः
केही दिन अघि निशा र करणको वैवाहिक जीवनमा खटपट भएको भन्ने खबर आएको थियो । यद्यपि, निशा रावलले यस्तो खबरलाई ठाडै अस्वीकार गरेकी थिइन् । निशाले यसमा केही पनि वास्तविकता नभएको बताएकी थिइन् । निशा र करण सन् २०१२ मा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुका एक छोरा पनि छन् । निशा सोसल मिडियामा धेरैजसो छोरासँग भिडियो र फोटो सेयर गरिरहन्छिन् । करण र निशाको जोडीलाई प्रशंसकले निकै मन पराउँछन् ।
कामको कुरा गर्नु पर्दा ‘ये रिश्ता क्या कहलाता है’ मा करण सात वर्षसम्म मुख्य भूमिकामा देखिएका थिए । उनले नैतिक सिंघानियाको भूमिका निभाएका थिए । शोमा हिना खान अपोजिट रोलमा थिए । करण मेहरा शोबाट निकै हिट भएका थिए । हाल यो शोमा मोहसिन खान र शिवांगी जोशी मुख्य भूमिका निभाइरहेका छन् । करणले बिग बस १० मा पनि भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण