शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

६ पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार

मङ्गलबार, १८ जेठ २०७८, १० : ४३
मङ्गलबार, १८ जेठ २०७८


 नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारिता गरेर ६ विधाको पत्रकारितामा सक्रिय पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ ।
कोरोनाको दोस्रो लहरको यो महामारीको कठिन समयमा ज्यानको बाजी राखेर निरन्तर पत्रकारितामा सक्रिय पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न लागिएको एसोसिएट प्रदेश समितिले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
जनही १०,००० नगद र प्रमाणपत्र समेत रहेको पुरस्कारले पत्रकारलाई निरन्तर काममा लाग्न प्रोत्साहन मिल्ने नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष बैकुण्ठ राज पराजुलीले बताए ।
पुरस्कृत ब्यक्तिको छनौट भने ६ विधासँग प्रतिनिधि गर्ने संस्था, विज्ञ तथा अग्रज सहितको जुरी समितिले छनौट गर्नेछ । प्रोत्साहन पुरस्कारले पत्रकारिता प्रति थप जिम्मेवार हुन उर्जा प्रदान गर्ने विश्वास एसोसिएट प्रदेश समितिको रहेको समेत विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप