सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बैङ्कको निक्षेप सङ्कलन घट्यो, कर्जा लगानी भने एक सातामै १० अर्ब

मङ्गलबार, १८ जेठ २०७८, १० : ४२
मङ्गलबार, १८ जेठ २०७८

वाणिज्य बैङ्कहरुको निक्षेप सङ्कलन पछिल्लो साता घटेको छ । जेठ ७ देखि १४ गतेसम्म निक्षेप ५ अर्बले घटेको छ । जेठ सात गतेसम्म बैङ्कहरूसँग ३९ खर्ब ६१  अर्ब रुपैयाँ रहेकोमा त्यसको एक सातापछि ५ अर्बले कमी आउँदै ३९ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ । 

तर, यस अवधिमा बैङ्कको कर्जा लगानी भने १० अर्ब रुपैयाँले बढेको छ । जेठ सात गतेसम्म ३६ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी रहेकोमा १४ गते आइपुग्दा ३६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसले लगानीका लागि कर्जाको माग बढी रहेको देखाउँछ । निक्षेप भन्दा कर्जा बढी हुदै गए तरलता –लगानीयोग्य रकम) संकट चुलिन सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप