फेरिएन संवैधानिक इजलास, आज पुरानै न्यायाधीशबाट सुनुवाइ
काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आज तेस्रो दिन सुनुवाई हुँदैछ । शुक्रबार र आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने वकिलहरूले माग गरेका थिए । आज पुरानै ५ न्यायाधीशको इजलास कायम राखिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आज संवैधानिक इजलासको सूची परिवर्तन गर्न सक्ने कतिपय कानूनविदले अड्कलबाजी गरेका थिए । तर, आज पनि प्रधानन्यायाधीशको अध्यक्षतामा न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको बेन्चले नै मुद्दाको सुनुवाई गर्ने तय भएको छ ।
संवैधानिक इजलास परिवर्तन गर्ने र नगर्ने बारे सोमबार न्यायाधीहरुवीच छलफल भएको थियो । अन्ततः आजको इजलास परिवर्तन भएन । न्यायाधीशद्वय केसी र श्रेष्ठले आफूमाथि उठेका प्रश्नबारे इजलासमै प्रष्ट पार्ने स्रोतले बतायो ।
यसअघि नेकपाको विभाजनसम्बन्धी मुद्दाको फैसलामाथि प्रश्न उठेका कारण न्यायाधीश श्रेष्ठ र केसीले संवैधानिक इजलासमा बस्न नहुने वकिलहरुको माग छ । अर्को पक्षले भने न्यायाधीशहरुमाथि त्यसरी प्रश्न उठाउन नमिल्ने बताउँदै आएको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रधानन्यायाधीशलाई सुझाव दिँदै भनेका छन्, ‘प्रधानन्यायाधीश बढी संयम हुनुपर्छ । ठण्डा दिमागले सोच्नुपर्ने हुन्छ । ‘रुट कज’ पत्ता लगाउनुप-यो । आजदेखि नै ‘कज लिस्ट’मा सुधार गरिदिए हुन्छ । इजलासमा वरिष्ठतममा एकदेखि पाँच नम्बरसम्मका न्यायाधीश बस्ने भनियो भने विवाद गर्नेले के आधारमा विवाद गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !
-
सरकारका कमजोरीलाई स्वस्थ खबरदारी गर्न मुख्यमन्त्री कँडेलको आग्रह
-
विप्लवका पाँच सन्देश