मोटरसाइकल चोरी गरेको आरोपमा कोटेश्वरबाट दुई युवा पक्राउ

काठमाडौं । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले कोटेश्वर स्थित नरेफाँटबाट दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बीरगञ्जस्थित परवानीपुर घर भएका १८ वर्षीय बिकास थापा मगर र २१ वर्षीय विशाल थापा मगर छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटर प्रहरीले बरामद गरेको छ ।
उनीहरुको नरेफाँटमा डेरा छ । चार दिनअघि नरेफाँटबाट मोटरसाइकल हराएको सूचना पाएपछि प्रहरीले चोरीमा संलग्नको खोजी थालेको थियो । बिकास र विशाल दैनिक मोटरसाइकल फेरेर हिँड्थे ।
काठमाडौंको तीनकुने र नरेफाँट तथा भक्तपुर र ललितपुरबाट पनि उनीहरुले मोटरसाइकल चोरी गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।
उनीहरुमाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी