दुई नाल भरुवा बन्दुकसहित अक्सिजन सिलिन्डर बरामद

सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा दुई नाल भरुवा बन्दुकसहित अक्सिजन सिलिन्डर बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबास नाकाका सशस्त्र प्रहरी निरिक्षक माधवप्रसाद ढुङ्गेलको कमान्डमा सोमबार खटिएको गस्ती टोलीले गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वनबाट बेवारिसे अवस्थामा दुई नाल अवैध भरुवा बन्दुक बरामद गरेर नियन्त्रणमा लिएको हो ।
दुई नाल भरुवा बन्दुकसहित अक्सिजन सिलिन्डर बरामद जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए । उनका अनुसार भरुवा बन्दुक बरामद गरि थप आवश्यक कार्वाहीको लागि दाङको इलाका प्रहरी कार्यालय गढवालाई बुझाइएको छ ।
सो अवैध हातहतियार थप आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय गढवालाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबास नाकाका सशस्त्र प्रहरी निरिक्षक माधवप्रसाद ढुङ्गेलले जानकारी दिए । यस्तै भारतसँग जोडिएको दाङको कोइलाबास नाकाबाट अवैध रूपमा तस्करी हुन लागेको दुई थान अक्सिजन सहितको सिलिन्डर बरामद गरि थप आवश्यक कार्वाहीको लागि २९ नम्बर गण भालुबाङ्लाई बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
-
सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक
-
रौतहटको दुई स्थानमा आगलागी, झन्डै २ करोडको क्षति
-
भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु, तस्बिरहरू
-
नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो