शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

संघ सरकारको बजेटमा कर्णाली : कुन स्थानीय तहलाई कति रकम ?

सोमबार, १७ जेठ २०७८, २२ : ३३
सोमबार, १७ जेठ २०७८

सुर्खेत । संघीय सरकारले कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहका लागि २५ अर्ब ३६ करोड एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । संघले प्रदेशलाई जस्तै स्थानीय तहलाई पनि अनुदान रकम दिने गरेको छ । सोही अनुसार कर्णाली प्रदेशका स्थानीय तहका लागि चालुतर्फ २२ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ र पूँजीगततर्फ दुई अर्ब ९६ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ ।

प्रदेश राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई सबैभन्दा धेरै  बजेट विनियोजन गरिएको छ भने डोल्पाको छार्का ताङसोङ गाउँपालिकाले प्रदेशका अन्य तहको तुलनामा न्युन बजेट प्राप्त गरेको छ ।

संघ सरकारबाट वीरेन्द्रनगर नगरपालिकाले ७३ करोड ७ लाख रकम पाएको छ भने छार्का ताङसोङले १५ करोड ५२ लाख बजेट प्राप्त गरेको छ । संघीय अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार सुर्खेतमा नगरपालिकातर्फ गुर्भाकोटले ४४ करोड ६७ करोड, पञ्चपुरीले ४० करोड ८३ लाख, भेरीगंगाले ४४ करोड २६ लाख, लेकबेशीले ४३ लाख ९७ रुपैयाँ आगामी आर्थिक वर्षका लागि प्राप्त गर्नेछन् ।

यस्तै, सुर्खेतमै गाउँपालिकातर्फ चिङ्गाडले २६ करोड १२ लाख, चौकुनेले ३३ करोड ३७ लाख, बराहतालले ३७ करोड ७१ लाख र सिम्ता गाउँपालिकाले ३५ करोड ५५ लाख बजेट पाएका छन् ।

दैलेखमा नगरपालिकातर्फ आठबिसले ३२ करोड ८१ लाख, चामुण्डा विन्द्रासैनीले ३१ करोड ९१ लाख, दुल्लुले ४८ करोड ७९ लाख, नारायणले ४३ करोड ६९ लाख बजेट प्राप्त गरेका छन् । यस्तै, गाउँपालिकातर्फ गुराँसले ३४ करोड ८१ लाख, ठाँटीकाँधले २४ करोड ७४ लाख, डुङ्गेश्वरले २६ करोड ३४ लाख, नौमुलेले ३३ करोड ४६ लाख, भगवती माईले ३१ करोड २३ लाख, भैरवीले २९ करोड ९८ लाख र महाबुले २८ करोड ३० लाख रुपैयाँ बजेट पाएका छन् ।

जाजरकोटमा नगरपालिकातर्फ छेडागाडले ४८ करोड ८९ लाख, नलगाडले ३९ करोड ५४ लाख, भेरीले ४५ करोड ५३ लाख पाएका छन् भने गाउँपालिकातर्फ कुसेले ३० करोड २५ लाख, चुनीचाँदेले ३३ करोड ८१ लाख, बारेकोटले २९ करोड ७५ लाख र शिवालयले २६ करोड ३० लाख बजेट पाएका छन् ।

यसैगरी सल्यानमा नगरपालिकातर्फ बागचौरले ४१ करोड ९२ लाख, बनगाड कुपिण्डेले ३५ करोड ४३ लाख, शारदाले ३९ करोड ४५ लाख प्राप्त गरेका छन् । गाउँपालिकातर्फ कपुरकोटले २८ करोड ५९ लाख, कालिमाटीले ४१ करोड ५ लाख, कुमाखले ३२ करोड ६० लाख, छत्रेश्वरीले २९ करोड ६० लाख, सिद्धकुमाखले २० करोड ८८ लाख, त्रिवेणीले २७ करोड ६२ लाख र दार्माले २८ करोड १५ लाख रुपैयाँ संघ सरकारबाट प्राप्त गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि रुकुमपश्चिममा नगरपालिकातर्फ आठविसकोटले ३८ करोड ३५ लाख, चौरजहारीले ३७ करोड ७० लाख, मुसिकोटले ५४ करोड ८४ लाख र गाउँपालिकातर्फ त्रिवेणीले ३३ करोड ४२ लाख, बाँफीकोटले ३१ करोड २० लाख, सानीभेरीले ३१ करोड २३ लाख बजेट प्राप्त गरेका छन् ।

यस्तै, डोल्पामा नगरपालिकातर्फ ठूलीभेरीले ३१ करोड ५२ लाख, त्रिपुरासुन्दरीले ३० करोड ३३ लाख, गाउँपालिकातर्फ काइकेले १६ करोड पाँच लाख, छार्का ताङ्सोङले १५ करोड ५२ लाख, जगदुल्लाले २२ करोड ४९ लाख, डोल्पोबुद्धले १५ करोड ७५ लाख, मुड्केचुलाले २२ करोड ७१ लाख र शे– फोक्सुन्डोले १८ करोड ९१ लाख बजेट प्राप्त गरेका छन् ।

जुम्लामा चन्दननाथ नगरपालिकाले २८ करोड २१ लाख प्राप्त गरेको छ भने गाउँपालिकातर्फ कनकासुन्दरीले ३० करोड ८७ लाख, गुठीचौरले २० करोड १३ लाख, तातोपानीले २० करोड १३ लाख, तिलाले ३२ करोड ३५ लाख, सिंजाले २६ करोड २८ लाख र हिमाले २५ करोड ३६ लाख बजेट पाएका छन् ।

हिमाली जिल्ला मुगुमा रारा छायाँनाथ नगरपालिकाले ४२ करोड ६ लाख र गाउँपालिकातर्फ खत्याडले ४० करोड ७३ लाख, मुगूम कार्मारोङले २३ करोड ४६ लाख र सोरु गाउँपालिकाले ३० करोड १४ लाख बजेट पाएका छन् ।

त्यस्तै गाउँपालिकामात्रै रहेको हुम्लामा अदानचुलीले १९ करोड ७३ लाख, खार्पुनाथले २८ करोड १४ लाख, चंखेलीले २३ करोड २१ लाख, ताँजाकोटले २३ करोड ७२ लाख, नाम्खाले २३ करोड ७६ लाख, सर्केगाडले ३२ करोड ७६ लाख र सिमकोटले ३४ करोड ८९ लाख बजेट पाएका छन् ।

कालिकोट जिल्लाको नगरपालिकातर्फ खाँडाचक्रले ३९ करोड चार लाख, तिलागुफाले ३२ करोड ९९ लाख, रास्कोटले ३३ करोड ७१ लाख र गाउँपालिकातर्फ शुभकालिकाले २७ करोड ४० लाख, नरहरिनाथले ३६ करोड ८४ लाख, पचाल झरनाले २६ करोड सात लाख, पलाताले २४ करोड ८५ लाख, महाबैले २२ करोड ५० लाख र सान्नीत्रिवेणीले २५ करोड आठ लाख बजेट प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप