शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको आक्रोश : राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिने ?

सोमबार, १७ जेठ २०७८, १९ : ०२
सोमबार, १७ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दाको बहसमा सहभागी कानुन व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरूप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र चाहिन्छ भनेर अदालतमा वितण्डा मच्चाइरहेको आरोप लगाए ।

‘लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्छौ भनेर कालो कोटधारीले भनिरहेका छन् । उनीहरुले न्यायपालिकालाई कुन हैसियतमा पुर्याउँदैछन् ?’ प्रश्न गर्दै ओलीले भने, ‘यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’

प्रधानमन्त्रीले यसअघि न्यायपालिकाको नेतृत्व गरेका प्रधानन्यायाधीशरुको वक्तव्यप्रति पनि आक्रोश पोखे । ‘राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप