स्वास्थ्यकर्मीलाई सम्मान गर्न १ करोड १ रुपैयाँ राशीको पुरस्कार घोषणा

काठमाडौं । बारबरा फाउन्डेसनमार्फत उद्यमी सहिृद घिमिरेले रु १ करोड १ रुपैयाँ राशीको पुरस्कार घोषणा गरेका छन् । फाउन्डेसनका कार्यकारिणी सदस्य समेत रहेका घिमिरेले सोमबार पुरस्कार घोषणा गर्नुभएको फाउन्डेसनले जनाएको छ । विद्यमान कोभिड १९ महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको हौसला तथा सम्मान स्वरुप पुरस्कार स्थापना गरिएको फाउन्डेसनका अध्यक्ष डा.सन्दुक रुइतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बारबरा फाउन्डेसनले गत वर्ष पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई विशेष सम्मान प्रदान गर्दै आएको छ । फाउन्डेसनले देशका सरकारी, सामुदायिक वा गैरनाफामूलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मी मध्येबाट निष्पक्ष छनौट गर्नका लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाको अध्यक्षतामा निर्णायक समिति समेत गठन गरेको छ ।
सो समितिमा नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा.लोचन कार्कीलगायत रहेका छन् । निर्णायक समितिबाट छानिने सम्मानित व्यक्तित्व मार्फत सम्पूर्ण अग्रपंक्तिमा डटेर खट्ने स्वास्थ्यकर्मीहरूप्रति सम्मान गरिने फाउन्डेसनले जनाएको छ । घिमिरे कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष तथा किया मोर्टसको नेपालका एकमात्र आधिकारिक बिक्रेता हुन् । उनले आफ्नी छोरी अदिति घिमिरेको भावबाट प्रेरित भई पुरस्कार घोषणा गरिएको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय