शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महेश बस्नेतको प्रश्न : काँग्रेसले बहुदलीय व्यवस्था छोडेको हो ?

सोमबार, १७ जेठ २०७८, ०९ : ००
सोमबार, १७ जेठ २०७८

एमाले नेता महेश बस्नेतले नेपाली काँग्रेसले बहुदलीय व्यवस्था छोडेको हो भन्दै प्रश्न गरेका छन् । सोमबार राष्ट्रिय युवा संघको बैठकमा बोल्दै युवा संघका संस्थापक अध्यक्ष समेत रहेका बस्नेतले बहुदलीय व्यवस्था र लोकतान्त्रिक मूल्य, मान्यता र पद्दति छोडेको हो ? भन्दै प्रश्न गरेका हुन् ।

‘म काँग्रेसका नेता र बुद्धिजीवीहरुलाई प्रश्न गर्न चाहान्छु । के काँग्रेसले बहुदलीय व्यस्तता र लोकतान्त्रिक मुल्य मान्यता र पद्दति छोडेको हो ? नेकपा एमालेका २६ र जसपाका १२ सांसदहरुको हस्ताक्षर बोकेर राष्ट्पतिको कार्यालय र सर्वोच्चमा गइरहँदा म शेरबहादुर देउवाजीलाई प्रश्न गर्न चाहान्छु’, बस्नेतको प्रश्न थियो । उनले बहुदलीय व्यवस्थाका निम्ती ७१ बर्षदेखि  लडेको यहि दिन हेर्न हो भन्दै तपाईहरु अव निर्दलीय व्यवस्थामा प्रवेश गर्नुभो भन्दै प्रश्न गरे ।

उनले अव एमाले र जनता समाजवादी पार्टीका सांसदहरुसँग दुईवटा विकल्प रहेको भन्दै कि ४० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्ने मनसायका साथ देउवालाई प्रधानमन्त्री बनाउने हिम्मत राख्नुपर्ने कि एमाले र जनता समाजवादी पार्टीका सांसदसँगको काँग्रेसले आफ्ना आवद्दता तोड्नुपर्ने  बताए ।

‘होइन भने एमालेको सिता खाने अनि उता देउवाको गिता गाउने यो कम्युनिस्ट आन्दोलनलाई शेरबहादुर देउवाको पाउमा चढाउने दुस्चक्र गर्नुभएको छ यो इतिहासले माफी दिँदैन’, बस्नेतले एमालेको माधव पक्षका सांसदहरुलाई चेतावनी दिए ।

उनले हिजो प्रतिगमन सच्चियो भनेर राजाका शिरमा दाम चढाउनु गएका माधव नेपाल र हिजो दरबारलाई प्रजातन्त्र बुझाउने देउवाहरु वर्तमान सरकार ढाल्न सांसद खरिदबिक्री गर्न लागेको आरोप लगाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप