मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

यस वर्षको मनसुन खतरायुक्त हुने, अघिल्लो वर्षको भन्दा धेरै वर्षा

सोमबार, १७ जेठ २०७८, १७ : १३
सोमबार, १७ जेठ २०७८

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधीले धेरैलाई असर गर्नसक्ने बताएका हुन् । 

उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपतको घटना कहालीलाग्दो हुनसक्ने बताए । उनले भने,  ‘पोहोरभन्दा यसपाली झन गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षती बेहोर्नुप¥यो । यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानि पर्ने देखिएको छ । बाढी, पहिरोको घटना र अन्य रोगव्याधिका घटना नि बढ्ने देखेका छौँ ।’

डा. पोखरेलले बाढी, पहिरो, रोगब्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपत् बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताउनुभयो । जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ । जोखिमका बस्तीहरु छन् भने सुरक्षित हुन अविलम्ब उपाय शुरु गर्नुपर्छ । सर–सामग्रीको जोहो गर्ने बेला यही हो । यो तयारी शुरु गरौँ ।’
उनले विपत् बाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफुहरुले प्रेसित गर्ने सन्देशहरू निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप