बेलायतमा नेपाली पत्रकारको चुनावी दौड

नेपाल पत्रकार महासंघ युके शाखाको आगामी १३ जूनमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ ।
आइतबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षमा बिमला सेने, ध्रुवराज अर्याल, श्यामकुमार लुइँटेल र विपिन निरौलाको उम्मेदवारी परेको छ ।
शाखाको वरिष्ठ उपाध्यक्ष पदमा दिनेशकुमार परियार र सञ्जयभक्त कँडेलले उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्षमा शिव भण्डारी र एभरेष्ट गौतमको उम्मेदवारी छ । महिला उपाध्यक्षमा प्रमिला लाबुङ राईको मात्र उम्मेदवारी परेको छ । महासचिव पदमा नरेन्द्र कुमार बस्नेत (नरेन्द्र बस्नेत) र जगन्नाथ (जगन) कार्कीको उम्मेदवारी परेको छ ।
दुईजना निर्वाचित हुने सचिव पदमा मञ्जु भण्डारी र खेमराज रानाभाटको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ तथा सह–कोषाध्यक्षमा सुरेन्द्र इङनामको उम्मेदवारी परेको छ ।
६ सदस्यका लागि विश्वासदीप तिगेला, गोमा राना, जयराम तामाङ र नगेन्द्रराज नेम्वाङसहित चार जनाको मात्र उम्मेदवारी छ । शाखाको निर्वाचन पोष्टल र प्रत्यक्षरूपमा गर्ने तयारी छ । नयाँ कार्यसमिति चयनका लागि रमेश सराङकोटीको संयोजकत्वमा नवीन पोखरेल, चिरन शर्मा, केशव भण्डारी र संगीता मरहट्ठा सम्मिलित निर्वाचन समिति गठन भएको छ । निर्वाचन समितिको कानुनी सल्लाहकारमा सहजकर्ता दीपक भट्टराई छन् ।
महाधिवेशनका लागि नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार भगीरथ योगीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन
-
रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश