बजेटमा पर्यटन क्षेत्रलाई उद्योगको रुपमा सम्बोधन, व्यवसायीद्वारा खुशी व्यक्त
‘धुवा विनाको उद्योग’ भनेर पर्यटन क्षेत्रलाई चिन्ने गरिन्छ । तर कहिल्यै पर्यटन उद्योगले उद्योगको मान्यता पाएन । तर, पछिल्लो पटक सरकारको बजेट मार्फत पर्यटन क्षेत्रलाई पनि उद्योगको रुपमा सम्बोधन गरेको छ ।
गत शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेका आर्थिक वर्ष २०७८÷७९ को बजेटले कोभिड प्रभावित अन्य उद्योग सरह होटल व्यवसायहरुलाई पनि विद्युत महशुलमा छुट दिने घोषणा गरेसँगै व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् ।
नेपाल होटल संघ (हान) ले मंगलबार बजेट बारे आफ्नो धारणा सार्वजनिक गर्दै होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरह सुविधा उपलब्ध गराउने तथा निषेधाज्ञा अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था सराहनीय रहेको बताएको छ ।
त्यस्तै, कोभिडकालमा होटलहरुले आईसोलेशन सेन्टरको रुपमा सञ्चालन गरेमा नेपाल सरकारले त्यस्ता होटललाई निर्धारण गरेको मापदण्ड बमोजिमको रकम उपलव्ध गराउने व्यवस्थाका गरेको प्रति समेत हानले खुशी व्यक्त गरेको छ ।
यद्यपि बजेटमा आउने तर कार्यान्वयन पक्ष भने सधै फितलो हुने दुर्दशा यसपटक पनि नकार्न नसकिने भन्दै हानले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिन सरकारलाई आग्रह गरेको छ ।
सो अवसरमा हानले सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक तथा रोजगारदाताले जम्मा गर्नुपर्ने २०७८ जेठ र असार महिनाको योगदान रकम नेपाल सरकारले व्यहोर्ने भनिएकोमा, केही राहत भए तापनि सामाजिक सुरक्षा योजना
कार्यान्वयनकै चरणमा रहेकाले यस विषम परिवेशमा नियमित योगदान गर्नबाट वञ्चित भएकाहरुका लागि समेत विशेष सम्बोधन गर्ने गरी सफल कार्यान्वयनमा जान जोड दिएको छ ।
यसको अतिरिक्त व्यवसायिक भाडा, कर राजस्व छुट तथा व्यवसायिक सहुलियत, पुनर्कर्जा तथा राहतका लागि हानले सरकारलाई विशेष धन्यवाद दिएको छ ।
नियमित मूल्यांकन, अनुगमन र विश्लेषणबाट नै नीति तथा कार्यक्रमहरुको सफल कार्यान्वयन हुने भन्दै हानले बजेटमा घोषणा गरिएका कार्यक्रहरुको निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी बजेटको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी