एमाले उम्मेदवारलाई हराएपछि पाण्डेले भने– यो लोकतन्त्रको जित हो
लुम्बिनी प्रदेशमा सोमबार भएको उपनिर्वाचनबाट विजयी भएका काँग्रेसका दृगनारायण पाण्डेले यो जित लोकतन्त्र र प्रजातन्त्रको जित भएको बताएका छन् । एमाले उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले राष्ट्रियसभामा गएर संघीयता, गणतन्त्र लगायतका मुद्दाहरूलाई सशक्त ढंगले उठाउने बताए ।
‘यो प्रजातन्त्रको जित हो । लोकतन्त्रको जित हो । सबै मतदाताको जित हो’, सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा, स्वतन्त्र लगायत सबै मतदातामा धन्यवाद दिन चाहन्छु । उहाँहरुले मलाई विश्वास गरेर र काँग्रेस पार्टीले पनि विश्वास गरेर अमूल्य मत दिनुभयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु ।’
अहिलेको अवस्थामा संघीयता, गणतन्त्र लगायतका मुद्दाहरु ओझेलमा परेकाले त्यसको रक्षाका लागि राष्ट्रियसभा सदस्यको हैसियतले पहल गर्ने उनको भनाइ थियो । ‘अहिले संघीयता, गणतन्त्र लगायतका जुन मुद्दाहरु ओझेलमा रहेका छन्, ती सबै मुद्दाहरूलाई हामी सबैको प्रयासबाट राष्ट्रियसभामा उठाउँछौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण