शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनः सुरु भयो मतगणना, कसले मार्ला बाजी ?

सोमबार, १७ जेठ २०७८, ०७ : ००
सोमबार, १७ जेठ २०७८

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार भएको राष्ट्रिय सभा उपनिर्वाचन  मतगणना सुरु भएको छ । केहीबेर अघिदेखि  दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा  मतगणना सुरु भएको हो । 

यसअघि बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदानमा सहभागी भएका थिए भने तीन जनप्रतिनिधि अनुपस्थित रहेका थिए ।  प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेश तर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे । यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरे । 

निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता थिए भने प्रदेशसभा सदस्यको मत भार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मत भार १८ छ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । खड्का एक चुनाव लडेका हुन् भने पाण्डेलाई काँग्रेस माओवादी र जनमोर्चाको समर्थन छ । केही बेरमै नतिजा आउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप