लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचन : स्थानीय तर्फका ३ जनप्रतिनिधि किन भएनन् सहभागी ?
लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार भएको उपनिर्वाचनमा प्रदेश सभातर्फ शतप्रतिशत मतदान भएको छ भने स्थानीय तहका ३ जनप्रतिनिधि भने सहभागी भएनन् । मतदानमा ३ सय मतदातामध्ये कुल २९७ मत खसेको हो । जसमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन्। उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेका थिए।
यो समय कोरोना महामारी नियन्त्रणको बेला भएकाले चुनाव अनुपयुक्त भएकाले आफू मतदान प्रक्रियामा सहभागी नभएको उनको भनाइ छ । यसैगरी नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएका छन्। उनी पनि सहभागी भएनन् ।
यस्तै गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा पनि बिरामी छन्। उनी काठमाडौंमा उपचार गरिरहेका छन्। स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाका भने सबै ८३ जनाले मत खसालेका छन्।
अब केहीबेरमा मत मेटिकाको मुचुल्का उठाएर मतगणना सुरू हुने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । मत परिणाम आजै आउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण