बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनमा दुई सन्तान नीति परिवर्तन, दम्पत्तीलाई तेस्रो सन्तान जन्माउन सरकारले प्रोत्साहन गर्ने

सोमबार, १७ जेठ २०७८, १४ : २७
सोमबार, १७ जेठ २०७८

चीन सरकारले दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने भएको छ । अब चीनमा दुई सन्तानको नीति समाप्त भएको छ र जोडीलाई तेस्रो सन्तान जन्माउने अनुमति हुनेछ ।

चीनको सरकारी  एजेन्सी शिन्ह्वाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो छलफलमा राष्ट्रपति सी जिनपिङले सोमबार यो नीतिलाई स्वीकृति दिएका हुन् ।

चिनियाँ सरकारले तीन सन्तान जन्माउने दम्पत्तीलाई प्रोत्साहन गर्ने नीति पनि लागू गर्ने बताएको छ ।

तेस्रो सन्तान जन्माउन प्रोत्साहनस्वरूप अवकाश  पाइने समय सार्ने, बालबच्चाको हेरविचार गर्ने सुविधामा सुधार गर्ने, सुत्केरी बिदा बढाउने, चाइल्ड बर्थ इन्स्योरेन्स गर्नुका साथै युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिइने जानकारीमा उल्लेख छ ।

चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको अवस्थामा यस्तो निर्णय लिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप