सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

‘टार्जन’ अभिनेता जो लाराको विमान दुर्घटनामा निधन

सोमबार, १७ जेठ २०७८, १२ : ४६
सोमबार, १७ जेठ २०७८

एजेन्सी । टिभी श्रृखंला ‘टार्जन इन म्यानहेट्टन’मा टार्जनको भू​मिकाबाट चर्चित अभिनेता जो लाराको निधन भएको छ । ५८ वर्षीय लाराको शनिबार विमान दुर्घटनामा निधन भएको हो । उनी चढेको सानो बिमान अमेरिकाको टेनेसीमा रहेको तालमा दुर्घटना भएको थियो । दुर्घटनामा उनकी श्रीमती ग्वेन श्याम्बलिन लारा सहित अन्य ५ जनाको निधन भएको हो 

लारा श्रीमती र अन्य ५ मानिससँग सानो विमानमा यात्रा गरिरहेका थिए । सोही विमान दुर्घटना भएको रेस्क्यु टिमले जनाएको छ । टिमले ७ मानिसको अवशेष समेत फेला पारेको छ । लाराले १९८९ मा टेलिश्रृखंला ‘टार्जन इन म्यानहेट्टन’ मा टार्जनको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनले टिभी सिरिज ‘टाजर्न : द इपिक भेडवेन्चर्स’ मा पनि काम गरेका थिए । यो सिरिज १९९६ देखि १९९७ सम्म चलेको थियो । यो अभिनयबाट लाराले तारिफ समेत पाएका थिए ।

लाराले २००२ मा संगीतमा करियर बनाउन अभिनयबाट बिदा लिएका थिए । त्यतिबेला उनी अभिनय करियरमा चर्चामै थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप