हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर
सोमबार, १७ जेठ २०७८, १२ : ४१
स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको छ । जिल्लामा दैनिकरुपमा सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरीद गरी ल्याइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।
यसअघि जिल्ला अस्पतालमा तीन अक्सिजन कन्सन्ट्रेटर थिए । अब अस्पतालले केही जटिल अवस्थाका कोभिड–१९ बिरामी देखिए पनि जिल्लामै उपचार गर्न सक्ने जिल्ला अस्पतालका चिकित्सक टासीआङ्जु लामाले जानकारी दिए । बाह्र जनासम्म कोरोनाका बिरामीलाई एकसाथ उपचार गर्न सक्ने क्षमता अस्पतालसँग भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीले सङ्कलित पुँजीलाई उचित परिचालन गरेनन् : रजिष्टार घिमिरे
-
मातातीर्थ औँसीमा नबिल बैंकद्वारा सन्देशमूलक भिडियो सार्वजनिक
-
कलाकारको मिहिनेत नतिजाले देखाउँछ : प्रदीप खड्का
-
सामाजिक सञ्जालमा ‘आमाको मुख हेर्ने दिन’ किन मनाउने ?
-
लाइसेन्स नलिई ई–रिक्सा तथा टेम्पु चलाउनेमाथि कारबाही
-
जग्गा छ भन्दैमा रुख–बिरुवामा लगानी गर्न भएन : पूर्वअर्थमन्त्री खतिवडा