सिरहामा तीन प्रहरी निलम्बित
प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माका अनुसार त्यहाँ काममा खटिएका प्रहरी सहायक निरीक्षक नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार रायलाई निलम्बन गरिएको छ । प्रहरीका आचरण विपरीत कार्य गरेको पाइएकाले प्रहरी नियमावली २०७१ बमोजिम तीनैजनालाई निलम्बन गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या