लुकाकुलाई पुन: भित्र्याउने चेल्सीको तयारी

थोमस टुकलले प्रिमियर लिगमा दाबेदारी प्रस्तुत गर्नका लागि योजना बुनिरहँदा चेल्सीले रोमेलु लुकाकुलाई पुनः अनुबन्ध गर्ने तयारी गरेको बेलायती पत्रिका डेली मेलले जाएको छ । चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र यसका लागि इन्टर मिलानका फरवार्ड सबैभन्दा उपयुक्त पात्र भएको क्लबको ठहर छ ।
हालै युरोपियन च्याम्पियन बनेको चेल्सीले डिफेन्सिभ रेकर्ड राम्रो बनाए पनि जर्मन प्रशिक्षकको नेतृत्वमा क्लबले ३० खेलमा मात्र एक खेलमा २ गोलभन्दा बढी गरेको छ । यदी अर्को सिजन लिगमा म्यान्चेस्टर सिटीको दबदबा अन्त्य गर्ने हो भने टुकलले फ्रन्टलाइनमा पनि सुधार गर्न आवश्यक रहेको छ ।
इन्टरलाई सिरिए ए को उपाधि दिलाउन लुकाकुले ३३ गोल गरे पनि आर्थिक दबाब कम गर्न इटालियन क्लब उनका लागि आउने अफरबारे पुनर्विचार गर्न तयार रहेको छ । टुकलले यसअघि टोटनह्यामका स्टार ह्यारी केनलाई अनुबन्ध गर्न चाहेको इच्छा व्यक्त गरे पनि दुई क्लबबीचको प्रतिद्वन्द्वीताका करण यो सम्भव देखिएको छैन ।
त्यस्तै, क्लबले बोरुसिया डर्टमण्डका स्ट्राइकर अर्लिङ हालान्डमाथि पनि नजर राखिरहेको छ । तर, यतिबेला लुकाकु उसको मुख्य लक्ष्य रहेको छ । चेल्सीले यसअघि बेल्जियमका स्ट्राइकरलाई १८ वर्षको उमेरमा नै अनुबन्ध गरेको थियो । तर, क्लबका लागि उनले त्यतिबेला एक खेल मात्र खेल्न पाए । वेस्ट ब्रोमिच आल्बियोन र एभर्टनमा सफल लोन स्पेलपछि उनी एभर्टनसँग २८ मिलियन पाउन्डमा सन् २०१४ मा आबद्ध भए ।
हाल २८ वर्ष रहेका लुकाकुका लागि इन्टरले १०० मिलियन पाउन्डको हाराहारीमा रकम माग गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म