बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

लुकाकुलाई पुन: भित्र्याउने चेल्सीको तयारी

सोमबार, १७ जेठ २०७८, ११ : ३४
सोमबार, १७ जेठ २०७८

थोमस टुकलले प्रिमियर लिगमा दाबेदारी प्रस्तुत गर्नका लागि योजना बुनिरहँदा चेल्सीले रोमेलु लुकाकुलाई पुनः अनुबन्ध गर्ने तयारी गरेको बेलायती पत्रिका डेली मेलले जाएको छ । चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र यसका लागि इन्टर मिलानका फरवार्ड सबैभन्दा उपयुक्त पात्र भएको क्लबको ठहर छ ।

हालै युरोपियन च्याम्पियन बनेको चेल्सीले डिफेन्सिभ रेकर्ड राम्रो बनाए पनि जर्मन प्रशिक्षकको नेतृत्वमा क्लबले ३० खेलमा मात्र एक खेलमा २ गोलभन्दा बढी गरेको छ । यदी अर्को सिजन लिगमा म्यान्चेस्टर सिटीको दबदबा अन्त्य गर्ने हो भने टुकलले फ्रन्टलाइनमा पनि सुधार गर्न आवश्यक रहेको छ ।

इन्टरलाई सिरिए ए को उपाधि दिलाउन लुकाकुले ३३ गोल गरे पनि आर्थिक दबाब कम गर्न इटालियन क्लब उनका लागि आउने अफरबारे पुनर्विचार गर्न तयार रहेको छ । टुकलले यसअघि टोटनह्यामका स्टार ह्यारी केनलाई अनुबन्ध गर्न चाहेको इच्छा व्यक्त गरे पनि दुई क्लबबीचको प्रतिद्वन्द्वीताका करण यो सम्भव देखिएको छैन ।

त्यस्तै, क्लबले बोरुसिया डर्टमण्डका स्ट्राइकर अर्लिङ हालान्डमाथि पनि नजर राखिरहेको छ । तर, यतिबेला लुकाकु उसको मुख्य लक्ष्य रहेको छ । चेल्सीले यसअघि बेल्जियमका स्ट्राइकरलाई १८ वर्षको उमेरमा नै अनुबन्ध गरेको थियो । तर, क्लबका लागि उनले त्यतिबेला एक खेल मात्र खेल्न पाए । वेस्ट ब्रोमिच आल्बियोन र एभर्टनमा सफल लोन स्पेलपछि उनी एभर्टनसँग २८ मिलियन पाउन्डमा सन् २०१४ मा आबद्ध भए ।

हाल २८ वर्ष रहेका लुकाकुका लागि इन्टरले १०० मिलियन पाउन्डको हाराहारीमा रकम माग गर्ने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप