बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आयकरमा कति कमाउनेलाई कति छुट  ?

सोमबार, १७ जेठ २०७८, १० : ५७
सोमबार, १७ जेठ २०७८

सरकारले कोरोना प्रभावित उद्योग व्यवसायको आयकरमा छुट गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत आयकर छुट दिइएको हो । 
२० लाख रुपैयाँसम्म कारोबार हुने व्यवसाय वा २ लाख सम्म आम्दानी हुने करदातालाई ९० प्रतिशत छुटको व्यवस्था आर्थिक अध्यादेश मार्फत गरिएको छ । 

२० लाखदेखि माथि ५० लाख सम्मको कारोबारमा ७५ प्रतिशत कर छुट गरिएको छ । एक करोडसम्म कारोबार भएको व्यवसायीले ५० प्रतिशत छुट आयकरमा पाउनेछन् । 

होटल, ट्राभल, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चारगृह, यातायात वा हवाइ सेवामा एक करोड भन्दा बढी कारोबार गर्ने व्यक्तिलाई आयमा एक प्रतिशतमात्र कर लाग्नेछ । 
तर पछिल्लो दुई आर्थिक वर्षमा नोक्सानी भएको रहेछ भने त्यस्तो नोक्सानी कट्टा गर्न पाउने अवधी तीन वर्ष थपिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप