बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमाथि अशोक शर्माका सात प्रश्न

'बजेटमा चलचित्रको 'च' उच्चारण मात्रै हुनुपर्छ, पार्टीमा आबद्ध चलचित्रकर्मी साथीहरु ऐतिहासिक भन्न थाल्छन्'
सोमबार, १७ जेठ २०७८, १० : ५५
सोमबार, १७ जेठ २०७८

सरकारको तर्फबाट शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा जारी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा नेपाली चलचित्र क्षेत्रका व्यक्तिहरुले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । कतिपयले बजेटलाई राम्रो भन्दा कतिपयले भने असन्तुष्टी व्यक्त गरेका छन् ।

वरिष्ठ कलाकार, निर्माता, निर्देशक अशोक शर्माले भने बजेटको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा टिप्पणीसहित लामो स्टाटस पोष्ट गर्दै बजेटको विषयमा प्रश्न तेर्स्याएका हुन् ।

‘बजेटमा चलचित्रको 'च' उच्चारण मात्रै हुनुपर्छ । सरकारमा भएका पार्टीमा आबद्ध केही चलचित्रकर्मी साथीहरु ऐतिहासिक बजेट भनेर बखान गर्न थाल्छन्, बजेटले गरेको व्यवस्थाले चलचित्र क्षेत्रलाई के हुन्छ त ? एक पटक बुझौँ’ शर्मा भने ।

बजेटमा चलचित्र क्षेत्रका समेटिएको हरेक बुँदामा शर्माले टिप्पणी समेत गरेका छन् । ‘कोरोनापछि निर्माताले कुनै चलचित्र प्रदर्शन गर्न सकेका छैनन्, वितरकले कुनै फिल्मको व्यवसाय गर्न पाएका छैनन्, सिनेमा हलहरु करिब डेढ वर्षदेखि बन्द छ । अनि कसरि आम्दानी हुन्छ र सरकारले छुट दिएको ? अचम्म छ सरकारको राहत’ उनले अगाडि लेखेका छन् ‘अहिलेको अवस्थामा आर्थिक र नीतिगत रुपमा चलचित्र क्षेत्रलाई ठोस रुपमा हेरिएन भने म ठोकुवाका साथ भन्न सक्छु कोरोनाभन्दा अघि १०० वटा फिल्म बनिरहेको थियो, चलचित्र घरहरु धमाधम बनिरहेको थियो, वितरकहरुले करोडौँ लगानी गरिरहेका थिए । त्यो स्थितिमा फर्कन कम्तिमा १० वर्ष लाग्नेछ । त्यो पनि परिस्थिति अनुकुल भए मात्र ।’

यस्तो छ शर्माको स्टाटस

बजेटमा चलचित्रको च, उच्चारण मात्रै हुनुपर्छ सरकारमा भएका पार्टीमा आबद्ध केही चलचित्रकर्मी साथीहरु ऐतिहासिक बजेट भनेर बखान गर्न थाल्छन्, बजेटले गरेको व्यवस्था ले चलचित्र क्षेत्रलाई के हुन्छ त एक पटक बुझौँ ।

1. सातै प्रदेशमा छायाँंकन गर्ने स्टुडियो को निर्माण

:: यो बजेटमा यस पटक समेत गरी तेस्रो पटक आएको हो तर काम भएको खोइ...?

2. काभ्रेमा स्टुडियो बन्ने.

:: आज भन्दा 12 बर्ष अघि त्यो टोखामा थियो, 8 वर्ष अघि दोलखा थियो, 6 वर्ष अघि पोखरा, बाग्लुङ हुँदै अब काभ्रे आइपुगेको छ अब अर्को वर्ष कहाँ पुग्ने हो त्यो थाहा छैन मेरो भनाई पायक पर्ने स्थान मा अबिलम्ब एक भौतिक स्टुडियो निर्माण होस बजेट को किताबमा मात्रै होइन ।

3. निषेधाज्ञा अवधिको विधुत डिमान्ड शुल्क छुट

:: निर्माणमा कुनै डिमान्ड सुल्क लाग्ने स्थिति छैन प्रदर्शनमा लाग्ने हो चलचित्र घर नचलेको करिब डेढ वर्ष हुन लागेको छ यो एक महिनाको डिमान्ड शुल्क छुट गरेर सरकारले के भन्न खोजेको हो ?

4. स्क्रिप्ट bank

:: यो राम्रो काम को थालनी हो, काम हेर्न बाँकी छ

5. चलचित्र मा प्रयोग हुने उपकरणमा भन्सार सहुलियत

:: यो भइरहेकै व्यवस्था हो यसमा चलचित्र घर छुटेको थियो त्यो समावेश गरेको छ भने राम्रो काम.

6. नवीकरण मा सुल्क छुट

:: निर्माण कम्पनीले अडिट रिपोर्ट बुझाई कर चुक्ता प्रमाण पत्र लिइ कम्पनी रजिस्ट्रारको कार्यालयबाट कम्पनी अद्यावधिक गर्ने हो जसको कुनै सुल्क लाग्दैन, प्रदर्शकले यसका अलवा प्रत्येक 5 वर्षमा हलको नवीकरण गर्ने हो कुन चाहिँ सुल्क छुट हो बुझ्न सकिएन ?

7. Covid को समयमा खुद आयमा एक प्रतिशत मात्र कर लाग्ने बाँकी छुट.

:: covid पछि निर्माताले कुनै चलचित्र प्रदर्शन गर्न सकेका छैनन्, वितरक ले कुनै फिल्मको व्यवसाय गर्न पाएका छैनन्, सिनेमा हलहरु विगत करिब डेढ वर्ष देखि बन्द छ अनि कसरी आम्दानी हुन्छ र सरकारले छुट दिएको ? अचम्म छ सरकारको राहत ।

अहिले को अवस्थामा मा आर्थिक र नीतिगत रुपमा चलचित्र क्षेत्रलाई ठोस रुपमा हेरिएन भने म ठोकुवाका साथ भन्न सक्छु covid भन्दा अघि 100 वटा फिल्म बनिरहेको थियो, चलचित्र घरहरु धमाधम बनिरहेको थियो, वितरकहरु ले करोडाैँ लगानी गरिरहेका थिए त्यो स्थिति मा फर्कन कम्तिमा 10 बर्ष लाग्नेछ त्यो पनि परिस्थिति अनुकुल भए मात्र.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप