आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने घोषणा

सोमबार, १७ जेठ २०७८, १० : ३१
सोमबार, १७ जेठ २०७८

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले लुम्बिनी प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् ।

 बिहान ९ बजेदेखि दाङमा उपनिर्वाचनको मतदान भइरहेका बेला राणाले सामाजिक सञ्जालमार्फत निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको र मतदान नगर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा निर्वाचित राणाले भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’  लुम्बिनी प्रदेशमा राप्रपाका राणासहित दुई जना जनप्रतिनिधि रहेका छन् ।

​राष्ट्रिय सभा सदस्य चयनका लागि  दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा विहान ९ बजेदेखि मतदान जारी छ । दिउँसो ३ बजेसम्म हुने मतदानको नतिजा सोमबार नै आउनेछ । निर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप