मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

बजेटका सन्दर्भमा काँग्रेसले पत्रकार सम्मेलन गर्दै

सोमबार, १७ जेठ २०७८, १० : ०९
सोमबार, १७ जेठ २०७८

सरकारले अध्यादेशमार्फत बजेट ल्याएको सन्दर्भमा नेपाली काँग्रेसले पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । 

सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर जेठ १५ गते सरकारद्वारा आर्थिक वर्ष २०७८/७९ को बजेटबारे काँग्रेसले धारणा प्रस्तुत गर्न लागेको हो । 

संसदमा पेस गर्नुपर्ने अध्यादेशबाट बजेट आएर संविधान उल्लंघन गरेको काँग्रेस सम्मिलित गठबन्धनको ठहर छ ।

आइतबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाको बैठकले अध्यादेशबाट बजेट ल्याएकोमा विरोध जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप