सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : मतदानस्थलमा चहलपहल, तस्बिरमा हेर्नुहोस्

सोमबार, १७ जेठ २०७८, ०९ : १८
सोमबार, १७ जेठ २०७८

राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्रमा मतदाताले मतदान गर्ने क्रम सुरु भएको छ। 

लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी मतदाताको कुल संख्या तीन सय जनाले मतदान गर्दै छन् । ८३ जना प्रदेश सभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख–उपप्रमुख रहेका छन् ।

अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदै छ । 

चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप