अमेरिकाको फ्लोरिडामा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु, २० भन्दा बढी घाइते
आइतबार, १६ जेठ २०७८, २३ : २०
![अमेरिकाको फ्लोरिडामा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु, २० भन्दा बढी घाइते](https://rpcdn.ratopati.com/media/albums/florida-gun-fire_ms19WG9pS5.jpg)
फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केर भीडमा अन्धाधुन्ध गोली हानेका थिए । आइतवार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टि भएको गोली चलाइएको थियो ।
मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट गरेका छन् । शनिबार, मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात व्यक्ति घाइते भएका थिए ।
बन्दुक हिंसाको कारण अमेरिकामा वार्षिक रूपमा सयौँको मृत्यु र हजारौं घाइते हुने गरेका छन् । हालै अमेरिकामा गोली हानी नागरिकको हत्या गर्ने क्रम व्यापक बनेपछि राष्ट्रपति जो बाइडेनले गत महिना सम्बोधन गर्दै यस्ता आक्रमणकारी राष्ट्रको कलङ्क भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के बीआरआईको बोझले प्रचण्ड सरकार ढल्न लागेको हो ?
-
तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन
-
हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
-
अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा युवक पक्राउ
-
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
-
४ करोड ३७ लाख मूल्य बराबरको कोकिन बरामद, २ जना विदेशी पक्राउ