हुम्लामा मूल्यवृद्धि
आइतबार, १६ जेठ २०७८, २३ : ०४

कोरोना महामारीका कारण नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै ल्याउने दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि भएको छ । हवाई यातायातबाट आउने तेल, साबुन, चामल, मैदा, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्थानीयबासीले जनाएका छन् ।
नमूना विद्यालयको शिलान्यास
सदरमुकामस्थित सिमकोट नमूना आवासीय विद्यालयको भवनको शिलान्यास भएको छ । सिमीकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले उक्त शिलान्यास गर्नुभएको थियो । संघीय सरकारको रु एक करोड २६ लाख आर्थिक सहयोग र सिमकोट गाउँपालिकाको समन्वयमा उक्त भवन निर्माण हुने पालिकाका निमित्त कार्यकारी प्रमुख उजिर रोकायाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा इँटा भट्टाले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
-
उपचार गर्न रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा सहभागी, तस्बिरहरू
-
सुशान्त केसीको ‘बार्दली’ को हिन्दी भर्जन बजारमा
-
सङ्खुवासभामा चट्याङ लागेर १७ वटा भैँसी मरे
-
‘पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड’ को मनोनयन सूची सार्वजनिक
-
बिट मार्ने तयारीमा युरोपका पाँच चर्चित लिग