सरकारले अङ्ग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालन गर्ने
सरकारले अङ्ग्रेजी च्यानल ‘एन टिभी वर्ल्ड’ सञ्चालन गर्ने भएको छ । शनिबार प्रस्तुत बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल सुरु गर्ने घोषणा भएको हो । नेपाली टेलिभिजन प्रशारणको इतिहासमा उक्त च्यानलले अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझ्ने गरी सामग्रीहरु प्रस्तुत गर्ने पहिलो कदमका रुपमा लिइएको छ । जुन च्यानलले नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने छ ।
च्यानल सञ्चालनका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेको छ । ‘नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एन टिभी वर्ल्ड च्यानल सञ्चालनमा ल्याइनेछ’, नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा भनिएको छ ।
अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सिधै पहुँच नभएकाले छिट्टै सञ्चालन हुने ‘एन टिभी वर्ल्ड’ सहज माध्यम बन्ने विश्वास लिइएको छ । आफ्नै सञ्चार पहुँच नहुँदा नेपालबारे बेला बेलामा उत्पन्न हुने भ्रमले देशको पर्यटन क्षेत्रलाई समेत प्रभावित तुल्याएको छ ।
‘समृद्ध नेपालः सुखी नेपालीको सन्देश अन्तर्राष्ट्रिय समुदायमा अहिलेसम्म पुग्ने माध्यम छैन । नेपाली टेलिभिजनको इतिहासमा एन टिभी वर्ल्ड च्यानलमार्फत पहिलोपटक अन्तर्राष्ट्रिय समुदायसँग पहुँच पुग्नेछ’ नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने ।
सञ्चारको संसार भन्ने मान्यतासहित सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने नीतिअनुसार सरकार अघि बढेको प्रवक्ता गुरुङले बताए ।
त्यस्तै नेपालमा पहिलो पल्ट प्रेस संग्रहालय बन्ने भएको छ । नेपाली प्रेस र पत्रकारिता सम्बन्धि विभिन्न कालखण्डमा भएका प्रविधिका विकासलाई जीवन्त राख्न प्रेस संग्रहालय स्थापना गरिने भएको हो । सरकारी निकायबाट प्रदान गरिने विज्ञापनमा सबै प्रकारका सञ्चारमाध्यमको पहुँच पुग्ने व्यवस्था गरिएको बजेटमा घोषणा गरिएको छ । जसबाट छापा, विद्युतीय टेलिभिजन, रेडियो, अनलाइन सबै पर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल
-
वि.सं २०८२ को पञ्चाङ्ग माघ तेस्रो सातासम्ममा बजारमा आउने
-
नेविसंघले जय नेपाल कप विश्वविद्यालय क्रिकेट प्रतियोगिता गर्ने
-
पर्यटन व्यवसायी प्रेम घलेको निधन
-
१० बजे १० समाचार : भीम रावलको पार्टी गठन प्रक्रिया सुरू, ओलीविरुद्ध विपक्षी दल आक्रामक
-
मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन: राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नू