स्थानीय तहलाई २ खर्ब ८३ अर्ब बजेट अनुदान, कुनले कति पाए ?
आइतबार, १६ जेठ २०७८, २२ : ०१

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण नीति अनुरुप ७५३ स्थानीय तहलाई नै बजेट वितरण गरेको छ । पूर्व ताप्लेजुङदेखि पश्चिम कैलालीसम्मका स्थानीय तहहरुमा अनुदानमा बजेट वितरण गरेको सरकारले स्थानीय तह वित्तीय हस्तान्तरण शीर्षकमा कुल २ खर्ब ८३ अर्ब १ करोड ४७ लाख विनियोजन गरेको छ ।
यसमध्ये महानगरपालिकाका लागि १० अर्ब ९ करोड २८ लाख छुट्याइएको छ भने, उप–महानगरपालिकाका लागि ९ अर्ब ७६ करोड ८४ लाख, नगरपालिकाका लागि १ खर्ब २३ अर्ब ९६ करोड ६ लाख र गाउँपालिकाका लागि १ खर्ब ३९ अर्ब १९ करोड २९ लाख छुट्याइएको छ ।
स्थानीय तहका लागि अनुदान उपलब्ध गराएकोमा सोमध्ये २ खर्ब ५१ अर्ब ५२ करोेड ३८ लाख र चालु खर्च तर्फ र ३१ अर्ब ४९ करोड ९ लाख पुँजीगत खर्च छुट्याइएको अर्थमन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द
-
इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट