आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गायक मर्लिनलाई एक्स गर्लफ्रेण्डले लगाइन् बलात्कारको आरोप

आइतबार, १६ जेठ २०७८, २० : ००
आइतबार, १६ जेठ २०७८

एजेन्सी । हलिउड गायक मर्लिन मन्सन (ब्रायन वार्नर) लाई अहिलेसम्म थुप्रै बलात्कार तथा सेक्सुअल हेरेस्टमेन्टको आरोप लागिसकेको छ । अहिले फेरि जेन डो नामक एक महिलाले उनलाई बलात्कारको आरोप लगाएकी छन् ।

मर्लिनसँग आफु १० वर्ष डेटमा रहेको र २०११ मा मर्लिनले कयौं  पटक आफ्नो बलात्कार गरेका ती महिलाले दाबी गरेकी छन् । उनले बलात्कारको समय अन्य महिलालाई बलात्कार गरेको भिडियो समेत देखाएको बताएकी छन् ।
‘गायकले ज्यान मार्ने धम्की दिएर सेक्सका लागि बाध्य बनाएका थिए’ ती महिलाले भनिन्– ‘पछि उनको घरको साँचो फर्काउन गएको थिए । सो समय पनि ज्यान मार्ने धम्की दिएर बलात्कार गरे ।’

यी महिला अगाडि मर्लिनलाई उनकी पूर्व केही असिस्टेन्ट सहित १५ महिलाले यस्तो आरोप लगाएका छन् । लस एन्जलस पुलिसले आरोपको बिषयमा अनुसन्धान गरिरहेको छ । मर्लिनले भने सबै आरोप गलत भएको बताउदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप