सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

उद्योग परिसंघारा बजेटको स्वागत, तर कार्यान्वयनमा शंका

आइतबार, १६ जेठ २०७८, १९ : ५२
आइतबार, १६ जेठ २०७८

काठमाडौं । निजी उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारले हालैमात्र ल्याएको आर्थिक वर्ष २०७८/७९ को खुलेर स्वागत गरेको छ । 

कोभिड–१९ को महामारीका बीच सरकारले ल्याएको जनमुखी नीति तथा कार्यक्रम निकै उत्कृष्ट रहेको र कोभिड प्रभावित उद्योग व्यवसायीहरुको भावना समेत बोकेको बताएको छ । 

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै परिसंघले औद्योगिक वातावरण सुधार गर्ने उद्देश्य लिएको बजेटले कोभिड–१९ प्रभावित अर्थतन्त्रको शीघ्र पुनरोत्थान, औद्योगिक एवं व्यावसायिक वातावरणको सुधार एवं विस्तार तथा निजी क्षेत्रको लगानी वृद्धि भइ आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्नेमा विश्वस्त व्यक्त गरेको छ । 

यद्यपि बजेट प्रति सन्तुष्टि मान्नु पर्ने धेरै कारणहरु रहेपनि बजेट कार्यान्वयनको पक्षलाई लिएर भने पूर्णतः विश्वस्त अझै हुन सकिने अवस्था नरहेको परिसंघले विज्ञप्ति मार्फत बताएको छ । 

सरकारको लक्ष्य उद्देश्य र निजी क्षेत्रको समस्या सम्बोधन र समग्र मुलुकै आर्थिक संवृद्धिका लागि सो बजेट जसरी पनि कार्यान्वयन गर्न सरकारलाई जोड दिएको छ । 

‘बजेट सकारात्मक हुँदाहुँदै यसको कार्यान्वयनको पक्ष भने चुनौतिपूर्ण रहेको परिसंघको ठहर छ । कोभिड–१९ को संकटबीच मुद्रास्फीतिलाई वाञ्छित सीमामा राख्दै ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नु चुनौतिपूर्ण हुनेछ ।

साथै सरकारले उद्योग÷व्यवसायलाई दिने भनेको सहुलियत एवं सुविधा शीघ्र कार्यान्वयनमा ल्याउन समेत परिसंघ आग्रह सरकारसँग विशेष आग्रह गर्दछ । यस कार्यका लागि नेपालको निजी क्षेत्रको हैसियतले परिसंघ नेपाल  सरकारलाई आवश्यक सहयोग र सहकार्य गर्न सधै नै तयार रहनेछ’ जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप