कोभिसिल्ड खोपको दोश्रो मात्रा तत्काल लगाउन नपाइने

कोभिशिल्ड खोप लगाएका ६५ वर्षभन्दा माथिका नागरिकले तत्काल दोस्रो मात्रा लगाउन नपाउने भएका छन् । परिवार कल्याण महाशाखा निर्देशक डा.तारानाथ पोखरेलका अनुसार पहिलो चरणको खोप लगाएकाहरुले तत्काल दोश्रो मात्रा लगाउन नपाउने भएका हुन् ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप लगाइएको ९ देखि १२ हप्ताको बीचमा दोस्रो मात्रा दिने घोषणा गरेको थियो । जेष्ठ नागरिकहरुले पहिलो मात्रा लगाएको ११ हप्ता नाघिसकेको छ । १२ हप्ताभित्र खोपको दोस्रो मात्रा दिने सम्भावना कम रहेको पोखरेलले बताए ।
यद्यपि, यो खोप पहिलो मात्रा लगाइएको १६ हप्ताभित्र पनि दिइने गरिएको छ । यो खोपको दोस्रो मात्रा १२ हप्ता पछि लगाएपनि काम गर्ने पोखरेलले जानकारी दिए । केही महिनाअघि भारतबाट ल्याइएको यो खोपको थप डोज आउने नआउने निश्चित नभएपछि अन्योल भएको छ ।
सरकारले भारत, चीन, बेलायत, रुस, अमेरिका लगायतका मुलुकबाट खोप ल्याउने कुटनीतिक पहल गरिरहेको छ । अब प्राप्त हुने कोरोनाविरुद्धको खोप ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने तयारी भइरहेको पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
-
उपकुलपतिलाई प्राध्यापक संघको ७२ घण्टे अल्टिमेटम
-
भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने विषयमा रामहरि र दिलेन्द्रप्रसादको मत बाझियो
-
पीसीबीबाट अझै पुरा पारिश्रमिक नपाएको प्रशिक्षक जासन गिलेस्पीको आरोप
-
‘कुलिङ पिरियड’ का पक्षमा अधिकांश सांसद एक ठाउँमा
-
अव्यवस्थित सहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री