शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक जारी गरिएको उर्जा ऋणपत्रमा आकर्षण

आइतबार, १६ जेठ २०७८, १८ : ५७
आइतबार, १६ जेठ २०७८

काठमाडौं । एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै माग भन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आइतबार देखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्य दिन भित्रै अत्याधिक आवेदनको कारणले बिक्री बन्द गरिएको बैंकले जनाएको छ । 

एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र बिक्री खुला गरेको थियोे ।

यस ऋणपत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय उर्जा आयोजनाहरूमा लगानीको लागि उपयोग गरिने पनि बैंकले जनाएको छ । हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत परियोजनाहरु लगायत नवीकरणीय उर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६% भन्दा बढी रकमको प्रतिबद्धता गरिसकेको छ । 

उपर्युक्त ऋणपत्र वास्तविक अर्थव्यवस्थाको समग्र विकासको लागि दिगो टेवा पु¥याउने प्रतिबद्धता अनुरुप उत्तरदायी भूमिका निर्वाह गर्दै बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ खुल्ला गरिएको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप